Kathmandu Press

यमनमा युद्धविरामपछि पनि भिडन्तहरुमा ८१ जनाको मृत्यु

अडेन, साउन १२ : यमनमा यहाँको सरकार र हुथी विद्रोहीहरुका बीचमा जारी भएको युद्धविरामका क्रममा पनि कम्तीमा पनि ८१ जनाको ज्यान गएको बताइएको...
यमनमा युद्धविरामपछि पनि भिडन्तहरुमा ८१ जनाको मृत्यु

अडेन, साउन १२ : यमनमा यहाँको सरकार र हुथी विद्रोहीहरुका बीचमा जारी भएको युद्धविरामका क्रममा पनि कम्तीमा पनि ८१ जनाको ज्यान गएको बताइएको छ।

हिंसात्मक विद्रोह जारी रहेको यहाँ गत अप्रिल २ बाट युद्धविराम सुरु भएको थियो। अन्तर्राष्टिय रुपमा मान्यता प्राप्त यमनी सरकार र यहाँका हुथी विद्रोहीका बीचमा शान्तिपूर्ण वार्ताका माध्यमबाट हिंसा अन्त्यको मार्ग खोज्नका लागि युद्धविराम भएको थियो।

Hardik ivf

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा यहाँ युद्धविराम भएको थियो। तर सो युद्धविरामपछि पनि यहाँका हुथी विद्रोहीहरुले हिंसाको अन्त्य गरेका छैनन्।

अप्रिल २ तारिखमा भएको सो युद्धविरामपछि पनि यहाँ हुथी विद्रोहीहरुले आक्रमण जारी नै राखेका र यसमा परेर कम्तीमा पनि ८१ जनाको ज्यान जानुका साथै अरु ३३१ जना घाइते भएका पाइएको छ।

अधिकारीहरुले ज्यान जानेमा सुरक्षाकर्मी र सर्वसाधारण नागरिक पनि परेका बताएका छन्।यमनका विदेशमन्त्री अहमद अवाद बिन मुबारकले यमनी सरकारले संयुक्त राष्ट्रसंघको मध्यस्थताको युद्धविराम इमान्दारिताका साथ पालना गरेको तर हुथी विद्रोहीहरुले भने आक्रमणलाई जारी नै राखेका बताउनुभएको छ।

बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले हुथीहरुलाई युद्धविरामको पालना गर्न आग्रह पनि गर्नुभएको थियो। यमनमा केही वर्षदेखि हुथी विद्रोहीहरुले हिंसात्मक विद्रोह गरिरहेका छन्। 

प्रकाशित मिति: १४:२९ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्