मिस पुर्वाञ्चलको अडिसन सुरु, अन्तिम प्रतिस्पर्धा पुस ५ गते
काठमाडौं, मंसिर ६ः पूर्वाञ्चलकै ठूलो सौन्दर्य प्रतियोगिता मानिने नेपाल आईस ‘मिस पुर्वाञ्चल’को १० औँ संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ ।....

काठमाडौं, मंसिर ६ः पूर्वाञ्चलकै ठूलो सौन्दर्य प्रतियोगिता मानिने नेपाल आईस ‘मिस पुर्वाञ्चल’को १० औँ संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ ।
धरानमा सम्पन्न अडिसनमा १९ जना सहभागी भएको आयोजनक सिल्भर इन्टरटेन्मेन्टले जनाएको छ । इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठका अनुसार अडिसनमा धरान, धनकुटा, इटहरी, बिराटनगर, बेलबारी र पथरीबाट प्रतियोगीको सहभागिता थियो । निर्णयकमा सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल, मिस पूर्वाञ्चल २०१४ नेमिता आङ्गबुहाङ्ग लिम्बु, मिस पूर्वाञ्चल २०१६ फस्र्ट रनरअप इक्सा मादेन, मिस पूर्वाञ्चल २०१७ फस्ट रनरअप सिम्रन श्रेष्ठ र मिस पूर्वाञ्चल २०१८ फस्र्ट रनरअप अनिला क्षेत्री थिए ।
अडिसनबाट छानिएका १९ देखि २१ जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागि गराइने आयोजकले जनाएको छ । मिस पूर्वाञ्चल २०१९ को विजेताले उपाधिसँगै दुई लाख नगद र अध्ययनका लागी छात्रवृत्ति दिइने छ । अन्तिम प्रतिस्पर्धा पुस ५ गते धरानमा हुनेछ ।












