Kathmandu Press

कारागार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडाैं, साउन १२ : राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।गृहमन्त्री बालकृष्ण...
कारागार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडाैं, साउन १२ : राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

गृहमन्त्री बालकृष्ण खाणले उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। विधेयकका सन्दर्भमा सांसद सुरेश आलेमगर, डा विमला राई पौडेल, उदयबहादुर बोहोरा, मोहनबहादुर सुनार, नारायणदत्त मिश्रलगायतले आ–आफ्नो धारणा राख्दै समयानुकूल कानुन निर्माण हुनुपर्ने बताए।

सांसदहरुले उठाएका जिज्ञासाको जवाफमा गृहमन्त्री खाणले कारागारमा रहेका बन्दीप्रति पनि राज्य र समाजको दायित्व रहेको बताए। उनले कारागाराभित्र सहजतापूर्वक जीवन जिउने कसरी बनाउने र जीवनको सदुपयोग कसरी गर्ने भन्नेबारेमा सरकारले सीपयुक्त बनाउने योजना र कार्यक्रम अगाडि बढाइएको बताए।

कारागारामा घरेलु उत्पादनमा संलग्न भए पनि त्यो पर्याप्त नभएकाले त्यसलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए। उनले सहरका मध्यभागमा रहेका कारागारलाई पर्याप्त ठाउँ भएको स्थानमा स्थानान्तरण गर्ने सोचका साथ सरकारले काम गरिरहेको समेत जानकारी दिए।

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्