Kathmandu Press

चितुवाको छालासहित दुई जना पक्राउ

कञ्चनपुर, साउन १२ : कञ्चनपुर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ। महेन्द्रनगरमा आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अभियुक्त र...
चितुवाको छालासहित दुई जना पक्राउ

कञ्चनपुर, साउन १२ : कञ्चनपुर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ। महेन्द्रनगरमा आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अभियुक्त र पक्राउ गरेको छाला सार्वजनिक गरेको छ।

जिल्लाको कृष्णपुर नगरपालिकास्थित देखतभुलीबाट प्रहरीले चितुवाको छालासहित बुधबार साँझ कुखुरा फार्ममा काम गर्ने डडेल्धुराको अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीया मालती मल्ल र सोही ठाउँका २९ वर्षीय मोहन सार्कीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी पवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले चितुवाको आलो छालासहित पक्राउ गरिएको बताउनुभयो।

आठ फिट आठ इन्च लम्बाइ र तीन फिट चौडाइ भएको एउटा छाला तथा सात फिट दुई इन्च लम्बाइ तथा दुई फिट आठ इन्च चौडाइ भएको अर्को छाला गरी दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले छालासहित दुवै जनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाउने जनाएको छ।

प्रकाशित मिति: १३:५० बजे, बिहीबार, साउन १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्