Kathmandu Press

सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर

साेल, साउन १२ : दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ।समसुङ्ले एक...
सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर

साेल, साउन १२ : दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ।

समसुङ्ले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जुन महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ।

यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व संकलनलाई संकेत गरेको छ। यस वर्षको पहिलो त्रैमासिकमा ७७.७८ खर्बले वन (५९.७ अरब डलर) रेकर्ड गरिएको राजस्वभन्दा भने सामान्य कमी हो। 

कम्पनीको यो वर्षको सञ्चालन मुनाफा १२.२ प्रतिशतले बढेर दोस्रो त्रैमासिकमा १४.०९ खर्ब वन (१०.८ अर्ब डलर) पुगेको जनाइएको छ। यो दोस्रो त्रैमासिकको लागि तेस्रो सबैभन्दा उच्च नाफा हो।

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, साउन १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्