Kathmandu Press

बाँकेमा कोरोना सङ्क्रमित बढ्दै

नेपालगञ्ज, साउन १२ : बाँकेमा खुला सिमानाका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गएको छ। स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले जिल्लामा सक्रिय...
बाँकेमा कोरोना सङ्क्रमित बढ्दै

नेपालगञ्ज, साउन १२ : बाँकेमा खुला सिमानाका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गएको छ। 

स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ५७ पुगेको छ।

Hardik ivf

सीमाक्षेत्र जमुनाह र भेरी अस्पतालमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। 

ती बिरामीमा विगतमा जस्तो डरलाग्दो अवस्था नभएको र सामान्य रुघाखोकीको लक्षण मात्रै देखिएकाले  आत्तिनुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो।  भेरी अस्पताल नेपालगञ्जमा १६ जनाको पिसीआर परीक्षण गर्दा दुई र जमुनाहानाकामा एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो। 

अधिकांशले होमआइसोलेशनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।सोसँगै जिल्लामा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार १५४ पुगेको उक्त केन्द्रले जनाएको छ।  

बाँकेमा अहिलेसम्म २० हजार ७४३ कोरोना सङ्क्रमित निको भइसकेका र  ३५४ जनाको मृत्यु भएको थियो। पछिल्लो केही दिनदेखि कोरोना सङक्रमितको सङ्ख्या बढ्दै गएपछि सीमा क्षेत्रमा आवतजावतमा कडाइ गर्नाका साथै स्वास्थ्य मापदण्ड पालना गर्नसमेत आग्रह गरिएको छ।

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्