Kathmandu Press

राहदानी र नागरिकता बनाउनेका सङ्ख्यामा वृद्धि

राहदानी र नागरिकता बनाउनेका सङ्ख्यामा वृद्धि

बैतडी, साउन १२ : बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालयको दुई वर्षको तथ्याङ्कले कुराको पुष्टि गरेको हो। गत आर्थिक वर्ष २०७८/७९ मा आठ हजार ५१४ जनाले नागरिकता बनाएका छन्। सो कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार एक वर्षको अवधिमा चार हजार २५७ पुरुष र चार हजार २५७ महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन्।

यस्तै २० जनाले  वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन्। यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन्। चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका उनले बताउनुभयो। यसका साथै गत वर्ष ५ हजार १७९ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन्।

यस्तै आर्थिक वर्ष २०७७÷७८ मा पाँच हजार ५६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए।

यसैबीच गत वर्ष प्रशासनबाट ६२२ जनालाई राहदानी वितरण गरिएको छ। यसका साथै द्रुत सेवाका लागि ८०६ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा यहाँका ३९२ लाई राहदानी वितरण गरिएकामा ४३१ जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो।

प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, साउन १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्