आगलागीमा १० फुटबल खेलाडीको मृत्यु
रियो दि जेनेरियो, माघ : ब्राजिलकाे एक फुटबल एकेडेमीमा आगलागी हुँदा दश युवा खेलाडीकाे मृत्यु भएको छ ।
फ्लामेङ्गो फुटबल क्लबमा....

रियो दि जेनेरियो, माघ : ब्राजिलकाे एक फुटबल एकेडेमीमा आगलागी हुँदा दश युवा खेलाडीकाे मृत्यु भएको छ ।
फ्लामेङ्गो फुटबल क्लबमा आगलागी हुँदा त्यहाँ रहेका दश खेलाडीकाे आगोमा जलेर मृत्यु भएको समाचारमा जनाएकाे छ ।
मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ ।
आगलागी भएकाे एकेडेमी ।
रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो ।
आगलागीमा जलेर तीन खेलाडी घाइते भएका छन् । उनीहरुमध्ये दुईकाे अवस्था गम्भीर रहेकाे जनाएकाे छ ।












