Kathmandu Press

फस्टाउन सकेनन् घरेलु उद्योग

फस्टाउन सकेनन् घरेलु उद्योग

बाँके, साउन १२ : थोरै पूँजी लगानीबाट सञ्चालन हुने घरेलु तथा लघु उद्योग यहाँ फस्टाउन सकेका छैनन्। कच्चा पदार्थको अभाव, खुला सिमाना, सरकारी निकायको कम चासो, प्रशिक्षणको कमीलगायत कारण उद्योगको अवस्था दिन प्रतिदिन प्रतिकूल हुँदै गएको हो । 

 नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अनुसार नेपाल–भारत खुला सिमानाका कारण भारतबाट आयात हुने सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्नु, उपभोक्ता भारतीय बजारप्रति आकर्षित हुनु र उत्पादित सामग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात गर्न नसक्नुले पनि उद्योग क्रमशः बन्द हुने अवस्थामा पुगेको हो। जिल्लामा सञ्चालित करिव ३०० भन्दा बढी साना तथा मझौला एवं लघुउद्योग सङ्कटमा पर्दै गएको महासङ्घले जनाएको छ। 

करिब रु एकदेखि तीन लाखसम्म लगानी रहेको साना उद्योगबाट उत्पादित वस्तुले बजार सङ्कटको अवस्था झेल्दै आएको महासङ्घका पूर्वअध्यक्ष जीवनाथ सापकोटाले बताए। उनले भने, ‘जिल्लामा सञ्चालित सर्वत, दालमोठ, मैनबत्ती, ढकिया, सजावटका सामग्री, हस्तकला र निर्माण सामग्रीलगायत उद्योग जेनतेन सञ्चालन हुँदैआएका छन्।’

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, साउन १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्