Kathmandu Press

ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहन अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

वासिङटन, साउन १२ : अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए।५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन्।उनले भनेका...
ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहन अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

वासिङटन, साउन १२ : अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए-५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन्।

उनले भनेका छन्, 'अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्न सबैले सतर्कता अपनाउन जरुरी छ।'

Hardik ivf

बुधबार उनले सो आग्रह गरेका हुन्। उनले यसबाट आफू पनि सङ्क्रमित हुन पुगेको पनि बताएका छन्। राष्ट्रपति बाइडेनले भने, 'यो ‘बिए-५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो यो सङ्क्रमणबाट सङ्क्रमित भएका छन् र हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो सङ्क्रमण फैलिएको छ।'

आफूलाई सो नयाँ भेरियन्टबाट सङ्क्रमण भएको बताएका राष्ट्रपति बाइडेनले आफू आइसोलेसनबाट बाहिर निस्किनुअघि ह्वाइट हाउसबाट बुधबार सो कुरा बताएका हुन्।

यसबाट बच्न जनस्वस्थ्यका मापदण्डहरु अपनाउन पनि उनले सबैलाई आग्रह गरे। उनले सबै अमेरिकी नागरिकहरुलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन पनि आग्रह गरेका छन्।

अमेरिकी राष्ट्रपति बाइडेन ७९ वर्षका हुनुहुन्छ । उनलाई गत हप्ता मात्र यो नयाँ भेरियन्टको सङ्क्रमण देखिएको बताइएको थियो । उनले आफूलाई सामान्य लक्षण मात्र देखिएको बताएका थिए। उनी एक सातापछि बुधबार मात्र आइसोलेसनबाट निस्किएका हुन्।

कोभिड–१९ सङ्क्रमणले सबैभन्दा बढी असर पारेको अमेरिकामा पछिल्लो समयमा यसको सङ्क्रमण थप फैलिएको बताइएको छ। त्यसैले अमेरिकी अधिकारीहरुले सबैलाई थप सतर्कता अपनाउन सूचना जारी गरिरहेका छन्। 

प्रकाशित मिति: १२:०५ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्