Kathmandu Press

हिमालय एयरलाइन्सले शुरु गर्‍यो चीनको चाङ्सामा उडान शुरु

काठमाडौं, मंसिर ६ : नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान सेवा शुरु गरेको छ ।

....
हिमालय एयरलाइन्सले शुरु गर्‍यो चीनको चाङ्सामा उडान शुरु

काठमाडौं, मंसिर ६ : नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान सेवा शुरु गरेको छ ।

नेपाली (निजी लगानी) र चीनको संयुक्त लगानी रहेको हिमालयले बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चाङ्सा हुवानगुआ अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो उडान भरेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ । हुनान हिमालयको दोस्रो गन्तव्य हो ।

यसअघि गत कात्तिक १० गते चीनको बेइजिङस्थित डाक्सी इन्टरनेशनल एयरपोर्टमा हिमालयले पहिलो उडान शुरु गरेको थियो । चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहरमध्येको एक मानिन्छ । नेपाल भ्रमण वर्ष २०२० शुरु हुनुअघि नयाँ बजार अन्वेषण गर्दै सो प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकलाई सेवा दिने उद्देश्य लिएको कम्पनीले जनाएको छ । एअरलाइन्सले सातामा एक दिन (बुधबार) काठमाडौँबाट चाङ्सा उडान गर्ने र सोही दिन काठमाडौँ फर्कने गरी तालिका सार्वजनिक गरेको छ ।

काठमाडौँ–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो योगदान दिने र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने एअरलाइन्सको विश्वास छ ।

प्रकाशित मिति: ०७:०४ बजे, शुक्रबार, मंसिर ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्