Kathmandu Press

झापामा टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

झापामा टिपरको ठक्करले साइकलयात्रीको मृत्यु
Hardik ivf

झापा, साउन १२ : पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ लिम्बूको मृत्यु भएको हो।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१प२१२ नम्बरको टिपरले साइकलमा सवार लिम्बूलाई ठक्कर दिएको थियो। टिपर चालक मकवानपुरको चुरेमाई नगरपालिका–५ का ३१ वर्षीय सुजन बाइबालाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति: १०:५६ बजे, बिहीबार, साउन १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्