Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

बझाङ, साउन १२ : बझाङको जयपृथ्वी नगरपालिका ९ सिमखेतबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।जुवातास चलिरहेको खबर पाएपछि गएको प्रहरी...
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

बझाङ, साउन १२ : बझाङको जयपृथ्वी नगरपालिका ९ सिमखेतबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जुवातास चलिरहेको खबर पाएपछि गएको प्रहरी टोलीले नगद ९१ हजार पाँच सय ७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको हो।

Hardik ivf

जुवातास खेलिरहेको अवस्थामा जयपृथ्वी नगरपालिका–९ देवलका दिपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, वडा नं. ८ का नन्दबहादुर बोहरा, मकरबहादुर सिंह, छविसपाथिभेरा गाउँपालिका–२ का विरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डेल र विष्णु मण्डेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा कर्मचारी, व्यापारी रहेका छन्। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए।

प्रकाशित मिति: ०८:३० बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्