Kathmandu Press

प्रथम नृत्य निर्देशक थापालाई ‘दीर्घ साधना सम्मान’

काठमाडौं, साउन १२ : नृत्य निर्देशक भैरवबहादुर थापालाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ।नेपाल लाक सांस्कृतिक प्रतिष्ठानले उनलाई ‘दीर्घ साधना सम्मान’द्वारा सम्मानित गरेको...
प्रथम नृत्य निर्देशक थापालाई ‘दीर्घ साधना सम्मान’

काठमाडौं, साउन १२ : नृत्य निर्देशक भैरवबहादुर थापालाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ।

नेपाल लाक सांस्कृतिक प्रतिष्ठानले उनलाई ‘दीर्घ साधना सम्मान’द्वारा सम्मानित गरेको हो। थापा नेपालका प्रथम नृत्य निर्देशक हुन्। उनले जगदम्बाश्री सम्मान पाइसकेका छन्।

प्रतिष्ठानको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अन्य स्रष्टालाई पनि सम्मान र पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा पत्रकार विदुर गिरीलाई ‘दीर्घ रंग पत्रकारिता सम्मान’ र पत्रकार कुवेर गिरीलाई ‘रंग पत्रकारिता सम्मान’ प्रदान गरिएको छ।

त्यस्तै, सहनाई वादक तथा पञ्चे बाजाका अग्रज आइतबहादुर परियार ‘लोक संस्कृति सम्मान’ प्रदान गरिएको छ।

 

प्रकाशित मिति: ०७:५३ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्