Kathmandu Press

टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

झापा, साउन १२ : टिपरले ठक्कर दिँदा झापामा एक जना साइकल यात्रीको मृत्यु भएको छ।झापाको कमल गाउँपालिका-५ स्थित सडकमा बागमती प्रदेश-०३-००१ क २१२...
टिपरले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

झापा, साउन १२ : टिपरले ठक्कर दिँदा झापामा एक जना साइकल यात्रीको मृत्यु भएको छ।

झापाको कमल गाउँपालिका-५ स्थित सडकमा बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले साइकलमा सवार पाँचथरको तुम्बेवा गाउँपालिका-५ का सञ्जिव इम्सङ लिम्बूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार टिपरको ठक्करबाट सञ्जिवको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले टिपर चालक मकवानपुरका ३१ वर्षीय सुजन वाइवालाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:४२ बजे, बिहीबार, साउन १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्