Kathmandu Press

काठमाडौं महानगरले आजबाट फोहोर उठाउने

काठमाडौं, साउन १२ : एक सातादेखि थुप्रिएको काठमाडौं महानगरपालिकाको फोहोर आजदेखि उठ्ने भएको छ।काठमाडौं महानगरपालिकाले सूचना प्रकाशित गरी आजबाट फोहोर उठ्ने जनाएको छ।...
काठमाडौं महानगरले आजबाट फोहोर उठाउने

काठमाडौं, साउन १२ : एक सातादेखि थुप्रिएको काठमाडौं महानगरपालिकाको फोहोर आजदेखि उठ्ने भएको छ।

काठमाडौं महानगरपालिकाले सूचना प्रकाशित गरी आजबाट फोहोर उठ्ने जनाएको छ। घरमा थुप्रिएको फोहोर पायक परेको ठाउँमा संकलन गरेर राख्न अनुरोध गरेको छ।

बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम चलेकाले एक साता फोहोर संकलन भएको थिएन। अहिले सडक निर्माणको काम सकिएकाले फोहोर उठाउन शुरु गरिएको महानगरले जनाएको छ।

एक सातासम्म फोहोर नउठ्दा सडकमै थुप्रिएको छ। कतिपय ठाउँमा हिडडुल गर्न पनि गाह्रो भएको छ।

प्रकाशित मिति: ०७:२१ बजे, बिहीबार, साउन १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्