Kathmandu Press

पहिरो पीडितलाई बुढानिलकण्ठ नगरपालिकाद्वारा त्रिपाल वितरण

काठमाडाैं, साउन ११ : बुढानिलकण्ठ नगरपालिका ४ मा पहिराे गएकाे छ। मंगलबार दिउँसाे पासिकाेटमा गएकाे पहिराेले तीन बिजुलीकाे पाेल ढल्नुकाे साथै ८ राेपनी...
पहिरो पीडितलाई बुढानिलकण्ठ नगरपालिकाद्वारा त्रिपाल वितरण

काठमाडाैं, साउन ११ : बुढानिलकण्ठ नगरपालिका ४ मा पहिराे गएकाे छ। मंगलबार दिउँसाे पासिकाेटमा गएकाे पहिराेले तीन बिजुलीकाे पाेल ढल्नुकाे साथै ८ राेपनी जग्गामा क्षति पुगेकाे छ।

लगातारकाे बर्षाकाे कारण गएकाे पहिराेले मानवीय क्षति भने नभएकाे वडा अध्यक्ष श्रीराम केसीले बताए।

पहिराेले २२ फिटकाे बाटाेसमेत अवराेध गरेकाे छ। पहिराे गएकाे जमिनमध्ये २ राेपनी खेती याेग्य जमिन रहेकाे छ।

पहिराे गएपछि वडा अध्यक्ष केसीसहित नगरप्रमुख मिठ्ठाराम अधिकारी र उपप्रमुख अनिता लामाले पहिराे गएकाे स्थानकाे अवलाेकन गरेका थिए। अवलाेकन पछि क्षति पुगेकाे जमिनमा थप क्षति हुनबाट जाेगाउन नगरपालिकाट ३ वटा त्रिपाल र ३० मिटरकाे प्लास्टिक प्राप्त भएकाे जग्गा धनी राेशन खड्काले बताए।

साथै वडाकाे तर्फबाट पहिराे गएकाे जमिन व्यवस्थापकाे लागि शियरवाल लगाइने अध्यक्ष केसीले बताएका छन।

प्रकाशित मिति: २०:४३ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्