Kathmandu Press

अफगानिस्तानद्वारा तीन महिनामा चार करोड अमेरिकी डलरभन्दा बढीको निर्यात

काबुल, साउन ११ : मार्च २१ देखि शुरु भएको फारसी क्यालेण्डर अनुसार सम्बत् १४०१ को पहिलो तीन महिनामा अफगान निर्यातको मात्रा चार करोड...
अफगानिस्तानद्वारा तीन महिनामा चार करोड अमेरिकी डलरभन्दा बढीको निर्यात

काबुल, साउन ११ : मार्च २१ देखि शुरु भएको फारसी क्यालेण्डर अनुसार सम्बत् १४०१ को पहिलो तीन महिनामा अफगान निर्यातको मात्रा चार करोड अमेरिकी डलरभन्दा बढी पुगेको एक स्थानीय सञ्चार माध्यमले बुधबार जनाएको छ।

टोलोन्युजले अफगानिस्तान चैंबर अफ कमर्स एण्ड इन्भेष्टमेन्ट प्रमुख मोहम्मद योनस मोहम्मदको भनाइ उद्धृत गर्दै बताएअनुसार यस अवधिमा देशले झन्डै १९ हजार टन ताजा फलफूल र करिब १८ लाख टन कोइला निर्यात गरेको छ जसको मूल्य चार करोड अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ।

Hardik ivf

ताजा र सुख्खा फलहरू मिलेर बनेको अफगानिस्तानको प्रमुख निर्यात प्रायजसो भारत र पाकिस्तानमा र कोइला पूर्णतया पाकिस्तानमा निर्यात गरिन्छ।

अफगानिस्तानले ताजिकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानलगायत मध्य एसियाली देशहरूमा आफ्नो निर्यात बढाउने प्रयास गर्दै आएको छ।

यसैक्रममा अफगान व्यापारीहरूले केन्द्रीय सरकारसँग अवरूद्ध एअर करिडरलाई पुनः सञ्चालनमा ल्याउन र चीन, युरोप र अरब मुलुकमा पुनः निर्यातका लागि गृहकार्य थाल्न माग गर्दै आएका छन्।

रिपोर्टअनुसार गत बर्ष अफगानिस्तानको निर्यात एक अर्ब डलरभन्दा बढी पुगेको थियो।

प्रकाशित मिति: १९:५६ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्