Kathmandu Press

अफगानिस्तानको कान्दहारमा हैजाबाट ६६७ भन्दा बढी संक्रमित, सातजनाको मृत्यु

काबुल, साउन ११ : अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा एक हप्तामा हैजाको प्रकोपका कारण कम्तीमा सात बालबालिकाले ज्यान गुमाएका छन्। अन्य ६६७ जनामा हैजाको...
अफगानिस्तानको कान्दहारमा हैजाबाट ६६७ भन्दा बढी संक्रमित, सातजनाको मृत्यु

काबुल, साउन ११ : अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा एक हप्तामा हैजाको प्रकोपका कारण कम्तीमा सात बालबालिकाले ज्यान गुमाएका छन्। अन्य ६६७ जनामा हैजाको सङ्क्रमण भेटिएको छ।

सङ्क्रमणका कारण भएको मानवीय क्षतिबारे कान्दहारका चिकित्सक मोहम्मद दाउद आयुबीले बुधबार भने, 'एक हप्तामा कम्तीमा सात जनाको हैजाका कारण मृत्यु भएको छ। कूल नौ हजार ५०० बिरामीलाई स्वास्थ्य सेवा केन्द्रमा लगिएको छ। तीमध्ये ६६७ जनामा हैजा सङ्क्रमण देखिएको छ।'

हैजाको प्रकोपले यसअघि पनि छिमेकी हेलमन्ड प्रान्तमा २० जना बालबालिकाको ज्यान गएको थियो भने कान्दहार, हेलमन्ड र छिमेकी जाबुलमा सयौं सङ्क्रमित भएको र उत्तरी जावजन र कुन्दुजमा हजारौं व्यक्ति सङ्क्रमित भएको जनाइएको छ।

प्रकाशित मिति: १७:५८ बजे, बुधबार, साउन ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्