Kathmandu Press

श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुर बस्ने म्याद थप

काेलम्बाे, साउन १३ : श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले सिङ्गापुरमा बस्ने समयावधि बढाउनुभएको छ। उनले थप १४ दिन सिङ्गापुरमै बस्ने म्याद थप गर्नु भएको...
श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुर बस्ने म्याद थप

काेलम्बाे, साउन १३ : श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले सिङ्गापुरमा बस्ने समयावधि बढाउनुभएको छ। उनले थप १४ दिन सिङ्गापुरमै बस्ने म्याद थप गर्नु भएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन्। 

श्रीलङ्कामा आन्दोलनकारीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय तथा निवास नै कब्जा गरिदिएपछि देश छाडेर भाग्नु भएका राजापाक्षले यसअघि पनि १४ दिन सिङ्गापुर बस्ने अनुमति लिएका थिए। 

उनलाई सिङ्गापुर सरकारले अतिथिको रुपमा आफ्नो देशभित्र बस्न अनुमति दिएको हो । त्यति बेला उनी माल्दीभ्सबाट सिङ्गापुर आएका थिए। 

श्रीलङ्काका प्रवक्ता बन्दुला गुनावार्डेनाले भने पूर्व राष्ट्रपति राजापाक्ष चाडै नै स्वदेश फर्किने अपेक्षा गरिएको बताएका छन्। श्रीलङ्काका सभामुख महिन्दा यापा अबेवार्डेनाले राजापाक्षले राजीनामा दिएको घोषणा गत जुलाई १५ मा गरेका थिए ।

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, साउन ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्