Kathmandu Press

भारतमा एक दिनमा १८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

नयाँ दिल्ली, साउन ११ : भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १८ हजार तीन सय १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य...
भारतमा एक दिनमा १८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

नयाँ दिल्ली, साउन ११ : भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १८ हजार तीन सय १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ।
 
हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब चार करोड ३९ लाख ३८ हजार ७६४ पुगेको छ । हाल यहाँ एक लाख ४५ हजार २६ सक्रिय सङ्क्रमित छन्। 

सोही अवधिमा २० हजार सात  ४२ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ६७ हजार पाँच ७१ हजार पाँच भन्दाबढी पुगेको छ। 

Hardik ivf

मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ५७ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार एक सय ६७  जनाको मृत्यु भएको छ। 

महामारी शुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ। सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ।

प्रकाशित मिति: १५:३३ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्