Kathmandu Press

वनमा बनाइएका घरटहरा हटाउन निर्देशन

वनमा बनाइएका घरटहरा हटाउन निर्देशन

डोटी, साउन ११ : बोगटान फुडसिल गाउँपालिकाको वडा नं १ मा पर्ने राष्ट्रिय वन क्षेत्रमा बनाइएका घरटहरा हटाउन वन कार्यालयले निर्देशन दिएको छ। 

चनुडाँडा सव डिभिजन वन कार्यालयले आज एक सूचना जारी गर्दै सरकारी वन क्षेत्रमा बनाइएका घरटहरा हटाउन निर्देशन दिएको हो। 

कार्यालयले वन अतिक्रमण गरी बनाइएका घरटहरा १५ दिनभित्र नहटाए सुरक्षाकर्मी लगाइ बलपूर्वक हटाइने जनाएको छ। घरटहरा हटाउन अटेरी गरे वन ऐन, २०७६ बमोजिम कारवाही गरिने चेतावनीसमेत वन कार्यालयले दिएको छ। 

जिल्लाका विभिन्न ठाउँमा सरकारी वन अतिक्रमण गरी अस्थायी तथा स्थायी घरटहरा निर्माण भइरहेका छन्।  

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, साउन ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्