Kathmandu Press

जिरी नगरपालिकाद्वारा रक्तसञ्चार केन्द्र स्थापना गरिँदै

दोलखा, साउन ११ : दोलखाको जिरी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिँदै जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने भएको छ। रगतको अभावका कारण धेरै बिरामीले...
जिरी नगरपालिकाद्वारा रक्तसञ्चार केन्द्र स्थापना गरिँदै

दोलखा, साउन ११ : दोलखाको जिरी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिँदै जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने भएको छ। 

रगतको अभावका कारण धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने तथा उपचारका लागि सदरमुकामलगायत काठमाडौँका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको हुँदा जिरीमा नै बिरामीलाई सहज तरिकाले रगत उपलब्ध गराउने उद्देश्यले रक्तसञ्चार केन्द्रको स्थापना गर्न लागिएको नगर प्रमुख मित्र जिरेलले बताए। 

Hardik ivf

नगरपालिकाले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि चालु आर्थिक वर्षका लागि बजेटसमेत विनियोजन गरेको छ । जिल्ला अस्पतालमा नै रक्तसञ्चार केन्द्र नहुँदा बिरामीलाई समस्या हुने गरेको थियो । पछिल्लो समय बिरामीको अवस्थालाई मध्यनजर गरी नगरपालिकाको व्यवस्थापनमा अस्पतालमा रक्तसञ्चार केन्द्रको स्थापना गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख केशव दाहालले बताए। 

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि एक स्वास्थ्यकर्मीलाई तालिममा समेत पठाइसकिएको उनले बताए । तालिम सकेर रक्तसञ्चार केन्द्र सञ्चालनका लागि कर्मचारी अस्पताल आउनासाथ आवश्यक उपकरण खरिद गरी ब्लड बैंक सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख दाहालले बताए। 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले ब्लड बैंक सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । अस्पतालमा हाल विभिन्न रोगको सामान्य शल्यक्रियसहित विशेषज्ञ सेवासमेत प्रदान गर्दै आएको छ। 

रगतको आवश्यकतापर्ने बिरामीका लागि रगतको खोजी तथा चरीकोटबाट लैजानुपर्ने बाध्यता रहेको थियो । जिरी अस्पतालमा नै ब्लड बैंक स्थापना भएपछि रगतको आवश्यकतापर्ने बिरामीका लागि सहज हुने स्वास्थ्य शाखा प्रमुख दाहालले बताए । यहाँ जिल्ला रेडक्रस सोसाइटीको व्यवस्थापनमा पशुपति चौलागाईँ स्मृति अस्पतालमा मात्र ब्लड बैंक सञ्चालनमा रहेको छ।  

प्रकाशित मिति: १४:५६ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्