Kathmandu Press

सालका रूख कटान गरेको आरोपमा सातजना पक्राउ

हेटौंडा, साउन ११ : मकवानपुरको हेटौंडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु...
सालका रूख कटान गरेको आरोपमा सातजना पक्राउ

हेटौंडा, साउन ११ : मकवानपुरको हेटौंडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ।

हेटौंडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा  वन समितिका सात जनालाई पक्राउ गरिएको हो। सो वडाको निमार्णाधीन भ्यूटावर हाताभित्र हरियो मध्यवर्ती सामुदायिक वन मासेको आरोपमा पक्राउ गरिएको बताइएको छ।

Hardik ivf

चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनमा  रूख कटानी भएको विशेष जानकारी पाइएपछि पर्सा वन्यजन्तु आरक्षले मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहितलाई पक्राउ गरेको जनाइएको छ।

आरक्षका सहायक वार्डेन सन्तोष भगतका अनुसार पक्राउ परेकाहरुलाई म्याद थप गरेर अनुसन्धान भइरहेको छ। उनले पक्राउ परेका  सातमध्ये  दुईजना ज्येष्ठ नागरिक रहेकाले निजका परिवारको रहोवरमा छाडिएको बताए। उक्त घटनाको  अनुसन्धान भइरहेकाले  पक्राउ परेकाहरुको परिचय खुलाउन आरक्षले नमानेको बताइएको छ।  

प्रकाशित मिति: १४:४२ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्