Kathmandu Press

भक्तपुरमा सवाःलाख चैत्य बनाउने धार्मिक कार्य आयोजना हुने

भक्तपुरमा सवाःलाख चैत्य बनाउने धार्मिक कार्य आयोजना हुने

भक्तपुर, साउन ११ : भक्तपुरमा गुँला पर्वका अवसरमा सवाःलाख चैत्य बनाउने धार्मिक कार्य आयोजना हुने भएको छ। 

बिभिन्न कारणले रोकिएको उक्त धार्मिक कार्य पाँच वर्ष पछि भक्तपुरका साकोलान टोलका मानन्धर समुदायले आयोजना गर्न लागेका हुन्।

गुँला ङक धलं व्यवस्थापन समितिले बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै छुट्टै पहिचान बोकेको सवाःलाख चैत्य बनाउने धार्मिक कार्य ( गुँला ङक धलं ) लाई यस बर्ष भक्तपुरका मानन्धर समुदायले आयोजना गर्ने जानकारी दिएको हो।

शुरुका समयमा  प्रत्येक वर्ष आयोजना गरेको भए पनि पछिलो समय मानव संशाधन, बजेट तथा अन्य समस्याले गर्दा निरन्तरता पाउन सकेको छैन। तर पाँच वर्ष पछि पुन उक्त धार्मिक कार्यक्रमको आयोजना गरिने समितिका सचिव रामकृष्ण मानन्धरले जानकारी दिए।

परापूर्व कालदेखि मानन्धर समुदायले गुँलाथ्व पारु देखी ञलाथ्व पारु एक महिनासम्म गुँला पर्वमा मनाउने गुँला ङक धलं यसपाली श्रावण १३ गतेदेखी भाद्र १२ गतेसम्म भक्तपुर– ९ साकोलान टोलको धार्मिक कार्य आयोजना गरिने सचिव मानन्धरले जानकारी दिए।

गुँलाको पहिलो मंगलबार सूर्यविनायक देवस्थलमा गुँला नौं बाजा बजाउन जाने गरिन्छ। शनिबार अष्टमात्रिका देबस्थलहरुमा बाजा जाने गरिन्छ। सापारुको दिनमा व्रतपूजा  सकाएर ब्रतालुहरु र नौं बाजा सहित नामसंगिति स्तोत्र धर्मग्रन्थ खतमा राखी चारजनाले बोकी नौंबाजा बजाई नगरपरिक्रमा गर्ने गर्दछन्।

भाद्र शुक्लप्रतिपदाको दिनमा पुजाविधि सकाएर एकमहिना भरी स्तोत्र पाठ गरी बनाएको सवालाख चैत्य नौबाजा बजाई हनुमान घाटमा बिसर्जन गरी गुँला धलं समापन गरिने प्रचलन रहेको समितिले जनाएको छ।

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, साउन ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्