Kathmandu Press

पत्रकारमाथि हातपात घटनाको निन्दा

महोत्तरी, साउन ११ : यहाँका पत्रकार ललनकुमार मण्डलमाथि भएको हातपात घटनाको पत्रकार सम्बद्ध संघसंगठनले निन्दा गरेका छन्। एकजना मिटरब्याजीसँग सम्बन्धित घटनाको रिपोर्टिङका क्रममा गत...
पत्रकारमाथि हातपात घटनाको निन्दा

महोत्तरी, साउन ११ : यहाँका पत्रकार ललनकुमार मण्डलमाथि भएको हातपात घटनाको पत्रकार सम्बद्ध संघसंगठनले निन्दा गरेका छन्। 

एकजना मिटरब्याजीसँग सम्बन्धित घटनाको रिपोर्टिङका क्रममा गत सोमबार जिल्लाकै गौशाला बजारमा पत्रकार मण्डलमाथि भएको हातपातको नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा र अन्य पत्रकारसम्बद्ध सङ्घ, सङ्गठनले आज विज्ञप्ति नै जारी गरेर निन्दा गरेका हुन्।

Hardik ivf

महासङ्घ जिल्ला शाखाका कार्यवाहक अध्यक्ष हेमकुमारी बराल (सुनिता) ले स्वतन्त्र रुपमा समाजमा घटित घटनाबारे सोधपुछ गर्दा पत्रकार मण्डलमाथि आक्रमण गरी हातपात गरिएको घटना निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरेका छन्। महासंघ जिल्ला शाखाको आज जारी विज्ञप्तिमा घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गरिएको छ।

त्यसैगरी जिल्लाका पत्रकार सम्बद्ध सङ्गठन नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार मण्डलमाथि भएको हातपात घटनाबारे छानबिन गरी सबै दोषीउपर कारबाहीको माग गरिएको छ। युनियनका जिल्ला अध्यक्ष रवीन्द्र उप्रेती, चौतारीका जिल्ला अध्यक्ष नवीन प्रियदर्शी र सेन्टरका जिल्ला अध्यक्ष धनवीर महतोले जारी गर्नुभएको संयुक्त विज्ञप्तिमा पत्रकार मण्डलमाथि आक्रमण गर्ने र मिटरब्याज असुलेर सिधासाधा जनताको बिल्लीबाठ पार्नेलाई तत्काल कारबाही गर्न माग गरिएको छ।

महासंघ जिल्ला शाखाका सदस्य तथा बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष पत्रकार मण्डल नेपाल प्रेस युनियनका केन्द्रीय परिषद् सदस्य पनि हुनुहुन्छ। न्युज–२४ सञ्चारमाध्यममा आबद्ध पत्रकार मण्डललाई सञ्जय रौनियारसहितका केही व्यक्तिको समूहले सोमबार मिटरब्याजी घटनाको सोधखोजका क्रममा आक्रमण गरेको थियो।

यसैबीच नेपाल प्रहरीले पत्रकार मण्डलमाथि हातपात गर्नेमध्ये सञ्जय रौनियारलाई पक्राउ गरी आवश्यक छानबिन थालिएको जनाएको छ। इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले घटना सम्बद्ध अन्य आरोपीको खोजबिन भइरहेको जानकारी दिए।

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्