Kathmandu Press

कांग्रेस नेत्री सोनिया गान्धीको बयान जारी

नयाँदिल्ली, साउन ११ : नेसनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा काङ्ग्रेस नेत्री एवं अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण,विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान...
कांग्रेस नेत्री सोनिया गान्धीको बयान जारी

नयाँदिल्ली, साउन ११ : नेसनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा काङ्ग्रेस नेत्री एवं अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण,विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले आज पनि सोधपुछ गरेको छ। 

इडीले तेस्रो चरणको बयानका निम्ति नेत्री गान्धीलाई बोलाएपछि उनी आफ्नी छोरी प्रियंका गान्धीका साथ इडीमा उपस्थित भएकी थिइन्। इडीका अधिकारीले ७५ वर्षीया गान्धीलाई मङ्गलबार छ घण्टाभन्दा बढी समय बयान लिएका थिए।

नेसनल हेराल्ड अखबार र अनुसन्धानमा रहेको कम्पनी यङ्ग इन्डियन प्रालिमा उनको संलग्नताका बारेमा ३० वटा प्रश्नको जवाफ मागिएको थियो।

यसैबीच, काङ्ग्रेस कार्यकर्ताले नेत्री गान्धीमाथि गरेको सोधपुछको  विरोधमा प्रदर्शन गरेका छन्। राजस्थानका मुख्यमन्त्री एवम् काङ्ग्रेस  नेता अशोक गहलोतले देशमा इडीको आतंका फैलिएको टिप्पणी गर्दै सर्वोच्च अदालतबाट समयमै निर्णय हुनुपर्नेमा जोड दिएका छन्। 

काङ्ग्रेस कार्यकर्ताले इडीको पार्टीको अन्तरिम अध्यक्षको ईडीको सोधपुछको विरोध गर्दै मुम्बईको बोरिवली रेलवे स्टेशनमा रेल रोक्न प्रयास गरेका छन्।

इडीले शक्तिको दुरूपयोग गरी  विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएकामा काङ्ग्रेसका कार्यकर्ताले देशव्यापी रूपमा विरोध प्रदर्शन गरिरहेका छन्। 

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, साउन ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्