Kathmandu Press

चीनद्वारा ६ वटा नयाँ उपग्रह प्रक्षेपण

चीनद्वारा ६ वटा नयाँ उपग्रह प्रक्षेपण

बेइजिङ, साउन ११ : चीनले ६ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ। यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो।

अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन्।

यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लिजियान–१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको छ।

प्रकाशित मिति: १२:२४ बजे, बुधबार, साउन ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्