Kathmandu Press

समिट एयरले थप्यो नयाँ जहाज

काठमाडौं, मंसिर ५ : समिट एयरले नयाँ जहाज भित्र्याएको छ। 

सानो धावनमार्ग भएका दुर्गमका विमानस्थलमा उडान गर्न समिटले चेक गणतन्त्रको ....

समिट एयरले थप्यो नयाँ जहाज

काठमाडौं, मंसिर ५ : समिट एयरले नयाँ जहाज भित्र्याएको छ। 

सानो धावनमार्ग भएका दुर्गमका विमानस्थलमा उडान गर्न समिटले चेक गणतन्त्रको जहाज निर्माता कम्पनी एलइटी (लेट) ले उत्पादन गरेको ‘एल ४१० युभिपी–ई२०’ जहाज नेपाल ल्याएको हो।

समिटले यसअघि एलइटी कम्पनीकै तीन वटा जहाजबाट उडान गर्दै आएको छ। एयर कन्डिसनयुक्त उक्त विमानले मुख्यगरी लुक्ला, डोल्पा लगायत पहाडी तथा हिमाली क्षेत्रमा  केन्द्रित भएर उडान गर्ने एयरलाइन्सका प्रमुख कार्यकारी मनोज कार्कीले जानकारी दिए। उनका अनुसार दुई वटा इन्जिन भएको यो विमानमा १८ सिटे क्षमताको रहेको छ।

काठमाडौं, पोखरा र सुर्खेतलाई आधार बनाएर देशका विभिन्न क्षेत्रमा उडान गरिरहेको एयरलाइन्सले काठमाडौंदेखि फाप्लु, सुकेटार, खानीडाँडा, भोजपुर, लुक्ला, पोखराबाट मनाङ, मुस्ताङ र सुर्खेत तथा नेपालगञ्जलाई आधार बनाएर सिमिकोट, जुम्ला, बाजुरा, डोल्पामा उडान गरिरहेको छ।
 

प्रकाशित मिति: १७:१७ बजे, बिहीबार, मंसिर ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्