दाउन्नेमा बस पल्टिँदा आगलागी, ३१ यात्रु घाइते
नवलपरासी, साउन ११ : नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिँदा आगालगी भएको छ। दुर्घटनामा ३१ जना घाइते भएका छन्।कञ्चनपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५...
नवलपरासी, साउन ११ : नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिँदा आगालगी भएको छ। दुर्घटनामा ३१ जना घाइते भएका छन्।
कञ्चनपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस सडकमा छेउमा पल्टिएएको हो। बस पल्टिँदा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले बताए।
उनका अनुसार दुर्घटनामा ३१ याुत्र सवार घाइते भएका छन्। उनीहरुमध्ये चारको अवस्था गम्भीर रहेको डीएसपी पाठकले बताए।
घाइतेमध्ये ६ जनालाई चितवनको भरतपुर अस्पताल पठाइएको छ। अन्य यात्रुको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
बस चालक भने भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रकाशित मिति: ०९:०२ बजे, बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











