Kathmandu Press

टिपरमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

ललितपुर, साउन ११ : टिपरमा मोटरसाइकल ठोक्किँदा ललितपुरको एकान्तकुनामा एक युवकको मृत्यु भएको छ।गएराति एकान्तकुनामा रोकिराखेको बा ३ ख ५७७ नम्बरको टिपरमा बागमती...
टिपरमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

ललितपुर, साउन ११ : टिपरमा मोटरसाइकल ठोक्किँदा ललितपुरको एकान्तकुनामा एक युवकको मृत्यु भएको छ।

गएराति एकान्तकुनामा रोकिराखेको बा ३ ख ५७७ नम्बरको टिपरमा बागमती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा खोटाङ घर भइ ललितपुरको ठेचो बस्ने २३ वर्षका ठगिन्द्र राईको मृत्यु भएको हो।

Hardik ivf

उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनको अल्का अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, मोटरसाइकलको पछाडि बसेका ललितपुरको महालक्ष्मीका ३५ वर्षीय सुरज अधिकारी घाइते भएका छन्। उनको अल्का अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ०८:१९ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्