Kathmandu Press

खेतबाट फर्किदा खोलामा बगेर वडा सदस्यको मृत्यु

नुवाकोट, साउन ११ : नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ की महिला वडा सदस्य सुकुमई तामाङको खोलामा बगेर मृत्यु भएको छ।बेलकोटगढीको वडा नं १० र १२...
खेतबाट फर्किदा खोलामा बगेर वडा सदस्यको मृत्यु
Hardik ivf

नुवाकोट, साउन ११ : नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ की महिला वडा सदस्य सुकुमई तामाङको खोलामा बगेर मृत्यु भएको छ।

बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए। खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनी बगेकी हुन्।

उनको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए। उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट महिला सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति: ०७:३२ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्