Kathmandu Press

विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी

बैतडी, साउन ११ : विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन्।मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका पाँच जना बिरामी परेको जिल्ला प्रहरी...
विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी

बैतडी, साउन ११ : विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन्।

मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका पाँच जना बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिरामी पर्नेममा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन्।

उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए।

उनीहरुले जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएका थिए। च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो।

प्रकाशित मिति: ०७:११ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्