Kathmandu Press

अर्थमन्त्री प्रकरण : संसदीय छानबिन समितिले बुधबार प्रतिवेदन तयार गर्ने  

काठमाडौं, साउन १० : अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले बुधबार प्रतिवेदन तयार गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको...
अर्थमन्त्री प्रकरण : संसदीय छानबिन समितिले बुधबार प्रतिवेदन तयार गर्ने  

काठमाडौं, साउन १० : अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले बुधबार प्रतिवेदन तयार गर्ने भएको छ । 

सिंहदरबारमा मंगलबार बसेको समितिको दोश्रो बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर सिसिटिभि फुजेटका बारेमा जानकारी लिएपछि बुधबार प्रतिवेदन लेख्ने तयारी गरेको हो । सिसिटिभि फुटेजका बिषयमा विज्ञहरुसंग जानकारी लिएको र सवै बिषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताएका हुन् । 

बुधबार बस्ने बैठकमा यस बिषयमा पुन छलफल हुने र साथसाथै प्रतिवेदनमा पनि लेखिने उनले जानकारी दिए । उनले अव समितिको म्याद थप गर्न पहल नगरिने समेत स्पष्ट पारे । 

सुरुमा १० दिनको समय पाएको समितिलाई छानविनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

प्रकाशित मिति: २०:०० बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्