Kathmandu Press

एसईईको नतिजा भाेलि प्रकाशित हुने

काठमाडाैं, साउन १० : परीक्षा नियन्त्रण कार्यलयले राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० काे एसईईको नतिजा भाेलि प्रकाशित गर्ने जनाएकाे छ।परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले...
एसईईको नतिजा भाेलि प्रकाशित हुने

काठमाडाैं, साउन १० : परीक्षा नियन्त्रण कार्यलयले राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० काे एसईईको नतिजा भाेलि प्रकाशित गर्ने जनाएकाे छ।

परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने बताएका हुन। उनले भने ‘हामी अन्तिम तयारीमा छौं। नतिजा भोलि आउँछ।’

कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका छन्।

शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो।

परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए।

 

प्रकाशित मिति: १९:३४ बजे, मंगलबार, साउन १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्