Kathmandu Press

गुजरातमा विषाक्त मदिराले लियो बीस जनाको ज्यान

नयाँ दिल्ली, साउन १० : देशको पश्चिमी राज्य गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाभन्दा बढीको मृत्यु भएको छ भने त्यति नै सङ्ख्यामा सख्त...
गुजरातमा विषाक्त मदिराले लियो बीस जनाको ज्यान

नयाँ दिल्ली, साउन १० : देशको पश्चिमी राज्य गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाभन्दा बढीको मृत्यु भएको छ भने त्यति नै सङ्ख्यामा सख्त बिरामी भएकाहरू अस्पताल भर्ना भएका छन्। यद्यपि उनीहरूको मृत्यु मदिरा सेवनबाट नै भएको पुष्टि हुन बाँकी छ  

'बोटाड, भावनगर र अहमदाबाद अस्पतालमा २० भन्दा बढीको उपचार भइरहेको छ। स्रोतका अनुसार धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ,' द हिन्दू अखबारको अनलाइन संस्करणमा भनिएको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउन  शव परीक्षण एवम् चिरफार भइरहेको छ। 'पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै प्रतिक्रिया दिन सक्नेछौँ,' एक सरकारी अधिकारीले सिन्ह्वालाई फोनमा बताए।
 
मदिरा सेवनका कारण मृत्यु भएको भनिएको गाउँ वरपरका धेरैलाई नक्कली मदिरा बेचेको आरोपमा पक्राउ गरिएको छ। राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिँदै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको छ।

प्रकाशित मिति: १८:४८ बजे, मंगलबार, साउन १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्