Kathmandu Press

अदालतबाट २३ लाख जरिवाना ठहर भएका व्यक्ति पक्राउ

काठमाडाैं, साउन १० : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २३ लाख १४ हजार २५० रूपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय...
अदालतबाट २३ लाख जरिवाना ठहर भएका व्यक्ति पक्राउ

काठमाडाैं, साउन १० : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २३ लाख १४ हजार २५० रूपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनले रु २३ लाख १४ हजार २५० नगद र पाँच दिन कैद सजाय ठहर गरेका कास्कीको पोखरा महानगरपालिका–१७ घर भई हाल काठमाडौँको बाफल बस्दै आएकी ४२ वर्षीय निशा गुरुङलाई आज पक्राउ गरेको हो।

Hardik ivf

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ गुरुङले कुमारी बैंक लिमिटेड दरबारमार्ग शाखाको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै चेक दिएर बैंकिङजन्य कसुर गरेकाले आज टोखाबाट पक्राउ गरिएको जानकारी दिए।

अदालतले पक्राउ परेकी निशालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उक्त फैसला गरेको थियो। पक्राउ परेकी निशालाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताए।

प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्