Kathmandu Press

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

कालीकोट, साउन १० : पहिराका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। कालीकोटको पचालझरना गाउँपालिका–४ जाँफेबगरमा पहिरो जाँदा कर्णाली करिडोर अवरुद्ध भएको थियो ।यस्तै  खाँडाचक्र नगरपालिका–२ जतेबजारमा समेत पहिरो गएको थियो। 
 
पूर्ण रुपमा अवरुद्ध भएको उक्त करिडोर गाउँपालिकासँग समन्वय गरेर प्रहरीले सञ्चालन गरेको थियो। यस्तै कर्णाली राजमार्गको जितबजार  नजिकै गएको पहिरो पन्छाएर अहिले यातायात सञ्चालन गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए। 

वर्षाका कारण जुनसुकै बेला पनि पहिरो आउने सम्भावना रहेकाले सडक डिभिजन कार्यालयले राजमार्गको ठाउँठाउँमा टोली परिचालन गरेको छ। 

प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, साउन १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्