Kathmandu Press

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलन आधाले घट्यो

सुदूरपश्चिम, साउन १० : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको  नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ। कार्यालयका नायब...
महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलन आधाले घट्यो

सुदूरपश्चिम, साउन १० : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको  नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ। 

कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार आव २०७८÷७९ मा   चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत सामानहरु बढी आयात भएका  थिए । रु ८१ लाख २१ हजा३१४ को सामान भित्रिएकामा  निर्यात भने शून्य  रहेको हो । 
    
यस नाकाबाट कुनै पनि सामान निकासी  नभएको भन्सार कार्यालयले जनाएको छ  । केही वर्षअघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात भएन। 

Hardik ivf

कार्यालयका  अनुसार साउन महिनामा भारतबाट रु आठ लाख ५५ हजार ५२०, भदौमा रु १० लाख ५३ हजार ९०३ असोजमा, रु १३ लाख ३४ हजार ९८३, कात्तिकमा रु नौ लाख १९ हजार ३८२, मङ्सिरमा रु १० लाख ५५ हजार २२, पौषमा रु दुई लाख ३८ हजार ३६३ को सामान आयात भएको थियो।

यस्तै माघ महिनामा रु चार लाख ९१ हजार ३७२, फागुनमा रु पाँच लाख ८४ हजार ३८२, चैतमा रु तीन लाख चार हजार ९५२, वैशाखमा रु दुई लाख ३३ हजार ८९, जेठमा रु चार लाख २९ हजार ५२४ र असारमा रु  छ लाख २० हजार ६२२ को सामान भित्रिएको थियो।     

उक्त कार्यालयले गत आर्थिक वर्षमा  भन्सार महसुलबाट रु १६ लाख तीन हजार ८७३, भन्सार सेवा दस्तुरबाट रु ८७ हजार ५००, मूल्य अभिवृद्धिकरबाट रु छ लाख ६३ हजार ४६८, अन्तशुल्कबाट रु १२ हजार ५६ गरी रु  २३ लाख ६६ हजार ८९७ राजस्व सङ्कलन गरेको थियो। 

गत आर्थिक वर्षमा उक्त कार्यालयले रु ४३ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम रु २३ लाख ६६ हजार आठ सय ९७ मात्रै सङ्कलन भएको हो । अहिले  व्यापारिक  प्रयोजनका लागि पनि सामान कम मात्रा आउने तथा आयात घटेकाले राजस्व सङ्कलनमा कमी आएको बताइएको छ। झुलाघाट नाकामा  मोटरेबल पुल नहुँदा व्यापारीहरुले धेरैजसो सामानहरु धनगढी वा काठमाडौँबाटै ल्याउने  गरेका छन्। 

प्रकाशित मिति: १४:५२ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्