Kathmandu Press

श्रीलङ्कामा माक्स अनिवार्य गर्न सिफारिस

कोलम्बो, साउन १० : श्रीलङ्कामा घर बाहिर जाँदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ ।कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले...
श्रीलङ्कामा माक्स अनिवार्य गर्न सिफारिस

कोलम्बो, साउन १० : श्रीलङ्कामा घर बाहिर जाँदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ ।कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले मास्क लगाउन अनिवार्य गर्नुपर्ने सिफारिस गरेका हुन्।

भिडभाड भएका ठाउँमा जाँदा, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियमलाई कडाइका साथ पालना गराउन पनि सिफारिस गरिएको छ।  स्वास्थ्य सेवा महानिर्देशक असेला गुनावार्डेनाले नयाँ सङ्क्रमितहरुको सङ्ख्या बृद्धि हुदै गएकाले सतर्कता पनि बढाउनु पर्नेमा जोड दिए। 

विषेशगरी देशको पश्चिमी प्रान्तहरुमा महामारी धेरै फैलिदै गएको पनि उहाँले मङ्गलबार जानकारी दिए। महामारी सुरु भएदेखि नै मास्क अनिवार्य गरेको श्रीलङ्काले गत जुनदेखि मास्क अनिवार्य गरिएको नियम हटाएको थियो।   

प्रकाशित मिति: १३:१३ बजे, मंगलबार, साउन १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्