मोटरसाइकल चोरीको आरोपमा एक युवक पक्राउ
काठमाडौं, साउन १० : नेपाल प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक...
काठमाडौं, साउन १० : नेपाल प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हराएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाउने सिन्धुपाल्चोक पाँचपोखरीका २६ वर्षीय सन्तोष बन्जारालाई पक्राउ गरेको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार वास्तविक नम्बर बा ८३ प ९२८१ नंको मोटरसाइकल चोरेर नम्बर परिवर्तन गरी बा ८४ प ६९०७ बनाएर चलाएकाले सन्तोषलाई पक्राउ गरिएको हो।
उक्त मोटरसाइकल काठमाडौँको रामहिटीस्थित एक घरबाट हराएको अनुसन्धानमा खुल्न आएको छ। पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दा अनुसन्धान तथा कारबाहीका लागी प्रहरी बृत्त बौद्ध पठाइएको प्रवक्ता भट्टले बताए।
प्रकाशित मिति: ०८:३२ बजे, मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












