Kathmandu Press

पहिरोले बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध

दमौली, साउन १० : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।आज बिहानै बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको...
पहिरोले बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध

दमौली, साउन १० : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।

आज बिहानै बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो। सडकमाथिबाट खसेको पहिरोका कारण यातायात अवस्था भएको हो।

दुईतर्फी रूपमै सडक अवरुद्ध भएको थियो। अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको उनले बताए। पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।

प्रकाशित मिति: ०८:०० बजे, मंगलबार, साउन १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्