तीन अर्ब लगानीमा विराटनगरमा होटेल बन्ने
काठमाडौं, साउन ९ : सेञ्चुरी ग्रुप र होटेल र्याडिसनबीच विराटनगरमा र्याडिसन खोल्ने सम्बन्धमा आज दुईपक्षीय हस्ताक्षर भएको छ ।सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष...
काठमाडौं, साउन ९ : सेञ्चुरी ग्रुप र होटेल र्याडिसनबीच विराटनगरमा र्याडिसन खोल्ने सम्बन्धमा आज दुईपक्षीय हस्ताक्षर भएको छ ।
सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोती दुगड र र्याडिसन ग्रुपका दक्षिण एशिया प्रबन्ध निर्देशक जुबिना सक्जेनाबीच र्याडिसन खोल्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।
सेञ्चुरी मलसहित विश्वस्तरको होटेल खुल्दा नेपालको आर्थिक समृद्धिमा योगदान हुने व्यवसायी दुगडले बताए ।
रु तीन अर्ब लगानीमा बन्ने १४६ कोठाको सो होटेलमा बृहत् सभाहल, जिमखाना, व्यापारिक मलसमेत हुनेछ ।
प्रकाशित मिति: २०:३१ बजे, सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1786430634.png)










