विधेयक सर्वसम्मत पारित
मकवानपुर, साउन ९ : बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको...
मकवानपुर, साउन ९ : बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई सर्वसम्मत पारित गरेको छ।
प्रदेशसभाको आजै बसेको पहिलो बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले विभूषण सिफारिस तथा सम्मान पदक ऐन २०७६ लाई संशोधन गर्ने समितिमा दफावार छलफल गरी प्रतिवेदनसहित विधेयक पारित गर्न प्रस्ताव टेबुल गर्नुभएको थियोे।
सोही बैठकमा विभूषणसम्बन्धी ऐनमा प्रदेशसभा सदस्यहरुले थप संशोधनका लागि प्रस्ताव दर्ता गर्नुभएको थिएन।
बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गर्नुभएको छ।
प्रकाशित मिति: १८:०९ बजे, सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












