Kathmandu Press

ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु

चितवन, साउन ९ : पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया महिला...
ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु

चितवन, साउन ९ : पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ। 

कार्यालयका अनुसार पुलचोकबाट गैँडाकोटतर्फ जाँदै गरेको आरजे २५ बीए २९३१ नम्बरको बुलेटले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको हो।

ठक्करबाट घाइते महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। दुर्घटना आज दिउँसो भएको हो। मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । महिलाको पहिचान हुन सकेको छैन।

प्रकाशित मिति: १७:४० बजे, सोमबार, साउन ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्