Kathmandu Press

भिडन्तमा एक सैनिकको मृत्यु

भिडन्तमा एक सैनिकको मृत्यु

इस्लामाबाद, साउन ९ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा सुरक्षा बल र आतंककारीहरूबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको सेनाले आइतबार राति जनाएको छ।

जिल्लाको द्राबन क्षेत्रमा सेना र आतंककारीहरूबीच गोली हानाहान भएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स ९आईएसपीआर० ले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सेनाहरूले प्रभावकारी रूपमा आतङ्ककारीहरूको भिडन्त गरेका तर तीव्र फायरिङको क्रममा एक सैनिकले आफ्नो ज्यान गुमाएका आईएसपीआरले जानकारी दिएको छ। 

मारिएका ती सैनिक खैबर पख्तुनख्वा प्रान्तको लक्की मारवत जिल्लाका ३१ वर्षीय बासिन्दा रहेको बताइएको छ।

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, साउन ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्