Kathmandu Press

बाढीमा परी पाँचको मृत्यु

बाढीमा परी पाँचको मृत्यु

जलालाबाद, साउन ९ : देशको पूर्वी प्रान्त नान्गाहारमा आइतबार अबेर राति आएको बाढीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएको प्रान्तीय गभर्नरको कार्यालयले जनाएको छ।

विनाशकारी बाढीले प्रान्तीय राजधानी जलालाबाद र प्रान्तका केही जिल्लाहरूमा तीन सय २० घर र सयौं एकड खेतबारी पनि बगाएको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ।

राजधानी काबुललाई पूर्वी प्रान्तसँग जोड्ने सडकमा रहेको एउटा प्रमुख पुल पनि बाढीले बगाएको विज्ञप्तिमा जनाएको छ।  सडक अहिले बन्द गरिएको छ।

दुई दिनअघि अफगानिस्तानको पञ्जशिर र तखार प्रान्तमा भारी वर्षा र बाढीले ठूलो धनजनको क्षति पुर्याएको थियो। यद्यपि, कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति: १७:२८ बजे, सोमबार, साउन ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्