भारतकी नवविर्नाचित राष्ट्रपतिद्वारा शपथ ग्रहण
नयाँ दिल्ली, साउन ९ : भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपती मुर्मुले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी छन्। भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकी ६४ वर्षीया...
नयाँ दिल्ली, साउन ९ : भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपती मुर्मुले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी छन्।
भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकी ६४ वर्षीया मुर्मुलाई प्रधानन्यायाधीश एनभी रमनले शपथ गराएका हुन्। भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्मा शपथ खुवाउने व्यवस्था छ।
नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यसबन्त सिंहलाई उम्मेदवार बनाएका थिए। नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद भवनमा उपस्थित थिए।
भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो भने उपराष्ट्रपति चयनका लागि आगामी अगस्ट ६ मा निर्वाचन हुने तय भएको छ ।
वर्तमान उपराष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो। उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो।












