Kathmandu Press

कालिज फार्ममा चितुवाको अक्रमणले क्षति

दोलखा, साउन ९ : दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ।सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर...
कालिज फार्ममा चितुवाको अक्रमणले क्षति

दोलखा, साउन ९ : दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ।

सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेको छ। चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर शेर्पाले बताए। फार्ममा काम गर्ने मजदूरले दाना दिने बेलामा कालिज मरेको देखेपछि खोजी गर्दा फार्मभित्र चितुवा भेटिएको थियो। 

दूधपोखरी वाइल्ड लाइफ एग्रो फार्मले विगत दुई वर्षदेखि व्यावसायिकरुपमा कालिज पालन गर्दे आएको थियो। फार्मको एक भागमासाना–साना कालिज र अर्को भागमा बेच्न तथा तल्ला उत्पादनका लागि ठू्लो कालिज राखिएकामा बेच्नका लागि योग्य करिब एक हजार कालिज चितुवाले मारेको उनले बताए। चितुवाले केही कालिज समातेर आक्रमण गर्दा मरे पनि धेरै जस्तो कालिज आत्तिइ तार जालीमा ठोक्किएर मरेको पाइएको छ। 

फार्मभित्र चितुवाका कारण  करिब रु ४० लाखभन्दा बढीको क्षति भएको छ। कालिजप्रति गोटा तीनहजार ५००देखि चार हजारसम्ममा बिक्री हुँदै आएको र अन्डा परेर चल्ला निकाल्न राखिएका कालिज मर्दा करिब रु ४० लाखदेखि ४५ लाख मूल्य बराबरको क्षति पुगेको सञ्चालक शेर्पाले उल्लेख गरे।

चारैतिर तार जालीले बारेको फार्मभित्र चितुवा छिरेपछि निस्कने ठाँउ नपाउँदा चितुवाले फार्ममा बढी क्षति गरेको उनको भनाइ थियो। फार्मका मजदूरलाई आक्रमण गर्न खोजेकाले स्थानीयवासीले ढु्ङ्गामुढा गर्दा चितुवा सामान्य घाइते भएको थियो। घाइते चितुवालाई आज बिहान काठमाडौँबाट आएको टोलीले नियन्त्रणमा लिएको थियो।

डिभिजन वन कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले चितुवा नियन्त्रणमा लिन खोजे पनि नसकेपछि काठमाडौँबाट थप टोली बोलाएर नियन्त्रणमा लिइएको वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले बताए। 

प्रकाशित मिति: १७:०९ बजे, सोमबार, साउन ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्