Kathmandu Press

गर्मी छल्न फन भ्यालीमा पुग्नेकाे भिड

काठमाडाैं, साउन ९ : समुद्री छालमा रमाउने चाहना सबैको हुन्छ नै तर नेपालमै बसेर वास्तविक समुद्री छालमा रमाउन भने सकिँदैन।यद्यपि भक्तपुरमा युवा पर्यटन...
गर्मी छल्न फन भ्यालीमा पुग्नेकाे भिड

काठमाडाैं, साउन ९ : समुद्री छालमा रमाउने चाहना सबैको हुन्छ नै तर नेपालमै बसेर वास्तविक समुद्री छालमा रमाउन भने सकिँदैन।

यद्यपि भक्तपुरमा युवा पर्यटन व्यवसायीले समुद्री छालमा रमाउन चाहनेका लागि कृत्रिम समुद्री छालको निर्माण गरेर सञ्चालनमा ल्याएका छन्। 

बढ्दो गर्मी छल्न र पानीमा रमाउन चाहनेका लागि युवा व्यवसायीको नयाँ समूहले भक्तपुरको पलाँसेमा सञ्चालनमा ल्याएको ‘काठमाडौँ फन पार्क’ को कृत्रिम सुमद्री छालमा रमाउनेको अचेल दैनिक भीड लाग्ने गरेको छ। बालबालिकादेखि युवायुवती, परिवारदेखि विद्यार्थीसम्म कृत्रिम समुद्री छालमा रमाउन आउने गरेका छन्। 

काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आन्तरिक पर्यटनको विकास, काठमाडौँ उपत्यकाका बासिन्दालाई कृत्रिम समुद्री छालसहित पानीको विभिन्न खेलको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँस्वरूपमा सञ्चालनमा पार्क सञ्चालनमा ल्याएको बताए। दुई वर्षदेखि बन्द रहेको देशकै पहिलो फन भ्यालीलाई नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएर स्थानीय ३० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको उनले बताए। 

'मुम्बईको ‘वाटर किङडम’ मा लाग्ने भीड देखेर नेपालमै पहिलोपल्ट अरनिको राजमार्गसँगै भक्तपुरको पलाँसेमा ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा तीन हजार जना रमाउन सक्ने गरी काठमाडौँ फन भ्याली सञ्चालनमा ल्याएका हौं,' उनले भने, 'यहाँ जल र स्थल गरी ११ भन्दा विभिन्न खेल खेल्न पाइन्छ, उमेरअनुसारका तीनवटा पौडी पोखरीको व्यवस्था गरिएको छ, सबैभन्दा आकर्षण त यहाँको कृत्रिम समुद्री छाल र स्लाइडिङ हो जहाँ मन खोलेर मज्जाले रमाउन पाइन्छ।'
    
यहाँ १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन्। बालबालिकाका लागि पौडी पोखरीसँगै रोटेपिङ शैलीको हेलिकप्टर, ४० फिट उचाइको ह्वील चेयर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ। त्यस्तै अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ।
    
काठमाडौँ उपत्यकामा बालबालिका, युवायुवतीदेखि परिवारसम्म एकै ठाउँमा घुम्न र रमाइलो गर्न यो पार्क सुरक्षित तथा व्यवस्थित रहेको भन्दै अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फनपार्क मनोरञ्जनको प्रमुख गन्तव्य बनेको उहाँले बताउनुभयो। यहाँ हरेक दिन पानी परिवर्तन गरी पानीको शुद्धतालाई प्राथमिकतामा राखिएको जनाउँदै उहाँले आन्तरिक पर्यटक भित्र्याइ जिल्लामा पर्यटन विकासमा सहयोग पुर्‍याउने उद्देश्य पनि यसको रहेको बताए। 
    
कर्णाली म्युजियम (सङ्ग्रहालय) यहाँको अर्को मुख्य आकर्षण हो। कर्णालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, सयौं वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो। फन भ्यालीमा स्कुलका विद्यार्थी लिएर आउनुभएका मोर्डन इङ्लिस स्कुलका प्रिन्सिपल राजन कसपालले पारिवारिक मनोरञ्जन मात्रै नभइ विद्यार्थीका लागि पनि फन भ्याली प्रमुख गन्तव्य बनेको बताए। 

आफ्ना विद्यार्थीलाई यहाँ ल्याएर पौडी खेल्न मात्र नभइ यहाँ रहेका अन्य बाल मनोरञ्जनका खेल खेल्नुका साथै यहाँको कर्णाली म्युजियमको अवलोकनले विद्यार्थीलाई मनोरञ्जन र ज्ञान आर्जन गर्ने थलोका रुपमा पनि आफूले लिएको उहाँले बताए।

प्रकाशित मिति: १५:१७ बजे, सोमबार, साउन ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्